Logo

ए डिभिजन लिगमा सन्तोष साहुखलको सय गोल पूरा



Spread the love

२३ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल सय गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन् । बुधबार दशरथ रंगशालामा उनले नेपाल पुलिस क्लबविरुद्ध १८ औं मिनेटमा गोल गर्दै लिगमा एक सयौं गोल पुरा गरेका हुन् ।

हेमन्त थापामगरको फ्रिकिकलाई विपक्षी गोलकिपरले राम्ररी नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका सन्तोषले वान टचमा बराबरी गोल गरेका थिए । डेढ दशक अघिबाट लिग खेल्न सुरु गरेको सन्तोषले यो समेत दस वटा ए डिभिजन लिग खेलेका छन् । उनले २०६० मा संकटा विरुद्ध लिगमा डेब्यु गोल गरेका थीए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादका कारण बीच बीचमा लिग रोकिदा उनले सय गोल पुरा गर्न डेढ दशक भन्दा बढी कुर्नुपरेको थियो ।
लिगमा सन्तोषको गोल
२०६० – (थ्री स्टार, ६ गोल)
२०६१ – (एपीएफ, ६ गोल)
२०६२ – (थ्री स्टार, ९ गोल)
२०६३ – (थ्री स्टार, ११ गोल)
२०६६–६७ – (थ्री स्टार, १९ गोल)
२०६८ – (मनाङ, १६ गोल)
२०६९ – (थ्री स्टार, १७ गोल)
२०७० – (थ्री स्टार, ९ गोल)
२०७५ – (च्यासल, ३ गोल) ५ खेल
२०७६ – (च्यासल, ४ गोल) खेल जारी

कुल-१०० गोल

प्रतिक्रिया दिनुहोस्