Logo

अष्ट्रेलियामा आगो सल्काएको आरोपमा २४ जनामाथि मुद्दा दायर



Spread the love

२३ पुस, काठमाडौं । डढेलो लाग्ने प्रमुख कारण अत्याधिक तापक्रम र खडेरी रहेपनि आगो सल्काएको आरोपमा प्रहरीले २४ जनामाथि मुद्दा दायर गर्ने तयारी गरेको छ । अष्ट्रेलियामा प्रकोपको रुप लिएको डढेलोले पछिल्लो दुई महिना यता दुई दर्जन सर्वसधारणको मृत्यु हुनुका साथै लाखौं जनावरको मृत्यु भएको छ ।

न्यु साउथ वेल्समा नियतवश झाडीमा आगो सल्काएको आरोपमा २४ जना पक्राउ परेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।

सी एन एनका अनुसार नोभेम्बर महिना यता प्रहरीले १८३ जनामाथि आगो सल्काएको आरोपमा पक्राउ गरेर मुद्दा दर्ता गरेको हो । जसमध्ये ४० जना किशोर किशोरी छन् ।

प्रतिक्रिया दिनुहोस्