Logo

सोझा सिधा सर्वसाधारणसँग चर्को ऋण असुली गर्ने रामबाबु यादव पक्राउ



Spread the love

२३ पुस, सर्लाही। चर्को ऋण लगानी गरेर सोझासाझा जनतालाई ठगी गर्ने रामबाबु यादव पक्राउ परेका छन्। उनलाई सर्लाहीबाट बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको हो।

सर्लाहीको हरिपुर चेकप्वाइन्टबाट पक्राउ गरेको डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए। उनी राजपाका केन्द्रीय सदस्य हुन्। चर्को ऋण लगानी गरेर सोझासिधा सर्वसधारण ठगी गरेको भन्दै सर्लाहीका तीन दर्जन पीडित काठमाडौं आएपछि उनलाई पक्राउ गरेको हो।

सर्लाही वरहथवाका रामवावु राय यादव र ब्रह्मपुरी भित्रुवनगरका सन्जय साह रौनियारले आफूहरुमाथि ठगी गरेको भन्दै पीडित न्यायको खोजी गदै काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्