Logo

चलचित्रको सुटिङ नै छाडेर अभिनेत्री वर्षा रावत मेयरमा बुवालाई जिताउन महोत्तरी झरिन्



Spread the love

भदौ २३ ,काठमाडौँ -सल्लेरी खबर

महोत्तरी । चलचित्र ‘नाइ नभन्नु ल–४’बाट दर्शकमाझ झनै लोकप्रिय बनेकी अभिनेत्री वर्षा राउतलाई चुनावले झपक्कै छोपेको छ । ‘बुवालाई मेयर बनेको हेर्न मन छ’ भन्दै उनी चलचित्रको सुटिङ नै केही दिन स्थगित पारेर महोत्तरी झरेकी हुन् । आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनावमा महोत्तरी बर्दिवास नगरपालिकामा बुवा सुरेश रावत मेयर पदमा लड्ने भएपछि अहिले उनी चुनावी अभियानमा बुवाको पछि पछि लागेर भोट मागिरहेकी छिन् । बुवाका लागि दलका नेता कार्यकर्ताजस्तै उनी पनि भोट माग्दै घरदैलोमा हिडिहरहेकी छिन् ।

बाबुलाई चुनाव जिताउन अभिनेत्री रावतले कम्मर कसेर लागेको बताइन्छ । निर्वाचनमा काँग्रेस, एमाले, माओवादी र राजपाबीचको भिडन्त पर्ने भए पनि त्यो भन्दा बढी पिर अभिनेत्री रावतलाई परेको छ । आफ्ना बुवालाई जसरी नि जिताउन उनले बर्दिवासीहरुको घर दैलोमा पुगेकी छिन् । राजधानीको चलचित्रको सुटिड स्थगित गरी उनी महोत्तरी पुगेकी हुन् । २ दिनअघि बुवाका लागि भोट माग्न महोत्तरी पुगेकी रावत पुगेकै दिनदेखि चुनाव प्रचारको चटारोमा छिन् ।

यसरी चलचित्रको सुटिङ नै चटक्कै छाडेर बुवाका लागि भोट माग्न पुगेकी उनले जसरी भए पनि बुवालाई मेयर भएको देख्न चोहकी बताएकी छिन् । त्यसो त मेयरका उम्मेदवार बवा सुरेश बर्दिवासका लोकप्रिय व्यक्ति हुन् । राजनीतिज्ञ तथा समाजसेवीको छवि बनाएका सुरेश एमालेबाट मेयरको उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्