Logo

नेपाल आइडलबाट सकियो सागर अालेको यात्रा



Spread the love

चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलको टप तीन छनोट भएको छ । शुक्रबार प्रसारण भएको शोबाट सागर आले बाहिरिएका छन् । नेपाल आइडलको दावेदार मानिएका चितवनका सागर आलेको नेपाल आइडलको यात्रा समाप्त भएको हो ।

विभिन्न चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल आइडलको टप ४ सम्म पुग्न सफल भएका सागर फाइनलमा भने पुग्न सकेनन् । दर्शकबाट प्राप्त भोटका आधारमा उनी बाहिरिएका हुन् । अरु प्रतिष्प्रधीको भन्दा कम भोट आएपछि सागरको नेपाल आइडलको यात्रा टुंगिएको हो ।

सागर नेपाल आइडलको फाइनलमा पुग्न नसके पनि उनले धेरैको मन जितेका छन् । फाइनलमा प्रतिष्प्रर्धीका रुपमा सहभागी नभए पनि उनी सेप्टेम्बर २२ मा कतारमा हुने ग्रान्ड फिनालेमा सहभागी हुनेछन् । नेपाल आइडलको विजेताले २० लाख रुपैयाँ नगद, महिन्द्राको कार, १५ लाख बराबरको एल्बम, फस्र्ट रनर अपले १५ लाख र सेकेन्ड रनर अपले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अब नेपाल आइडलको शिर्ष तीनमा प्रताप दास, बुद्ध लामा र निशान भट्टराई रहेका छन् । यी प्रतिस्पर्धी बिच अबको दुई साता पछि कतारको दोहामा ग्राण्ड फिनाले हुनेछ ।

प्रतिक्रिया दिनुहोस्