Logo

फ्रेन्च लिग कप: इकार्डीको ह्याट्रिकसँगै पीएसजीको सानदार जित



Spread the love

२४ पुस, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । बुधबार राति घरेलु मैदानमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट इटिएनमाथि ६–१ सानदार जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

मोउरो इकार्डीको ह्याट्रिकसँगै स्टार फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेले पनि गोल गरे । एक गोल उपहार पाएको थियो । योहान कावायले सान्त्वना गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा इकार्डिको गोलमार्फत पीएसजीले अग्रता बनायो । ३१औं मिनेटमा वेस्ले फोफाना दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट इटिएन १० खेलाडीमा सीमित बन्यो । ३९ औँ मिनेटमा नेमारले घरेलु टोलीको अग्रतालाई दोब्बर पारे । ४४ औँ मिनेटमा सान्तेचिनका खेलमाडी मोउलिनले आत्मघाती गोल गर्दा पीएसजीले ३–० गोलको अग्रता बनायो ।

४९ औँ मिनेटमा इकार्डिले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४–० मा पुराए । ५७ औँ मिनेटमा इकार्डिले ह्याट्रिक पूरा गरे । ६७ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई जित नजिक पुगाए । उता सान्तेचिनका लागि योहानले ७१ औँ मिनेटमा एक गोल फर्काए पनि हार टार्न भने सकेनन् ।

बुधबार राति नै लिलले एमेन्सलाई २–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । यससँगै फ्रेन्च कपमा सेमिफाइनलमा पीएसजीसँगै स्टेड रेम्स, लियोन र लिल सेमिफाइनलमा पुग्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्