Logo

भ्यालेन्सियालाई पराजित गर्दै रियाल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा



Spread the love

२४ पुस, काठमाडौं । स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई ३–१ ले हराउँदै रियाल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको खेल मैदानमा रियालको जितमा टोनी क्रुस, इस्को र लुका मोड्रिचले गोल गरे । भ्यालेन्सियाका ड्यानियल परेजो एक गोल फर्काए ।

खेलको १५औं मिनेटमा क्रसुले कर्नरबाट सीधै गोल गर्दा रियलले अग्रता लियो । ३९औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे । दोस्रो हाफमा पनि रियलले एक गोल थप्यो । ६५औं मिनेटमा मोडरिचले रियलका लागि गोल गरे । भ्यालेन्सियाका लागि पारेजोले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरे ।तर , त्यसपछि थप गाल निस्कन नसक्दा रियाल ३–१ ले विजयी हुन सफल भयो ।

दोस्रो सेमिफाइनलमा आज राति बार्सिलोना र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुदैछ । यो खेलमा विजयी हुने टोलीले रियालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्