Logo

काठमाडौं र पूर्वका स्थानमा शुक्रबार दिउँसोदेखि मौसममा सुधार भएर जाने



Spread the love

२४ पुस, काठमाडौं । जम्बु कश्मिर हुँदै सुदुरपश्चिम नेपालबाट प्रवेश गरेको न्युनचापीय वायुले गर्दा देशभर वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौँ लगायत पश्चिमका क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएपनि बेलुकादेखि क्रमश: मौसम सुधार हुँदै जानेछ । उनले भने, ‘पश्चिमी क्षेत्रमा बिहीबार बेलुकीदेखि नै मौसम सफा हुनेछ भने काठमाडौं र पूर्वका स्थानमा शुक्रबार दिउँसोदेखि सुधार हुने छ।’

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ दशमलब १ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १० देखि १२ डिग्री सेल्सियसबीच रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

गत मंगलबारबाट बदली भएको मौसममा सुधार नहुँदा जनजीवन कष्टकर बनेको छ । मध्य र पुर्वी भागमा भोलि पनि बर्षा र हिमपात हुने महाशाखाले जानकारी दिएको छ ।

उक्त प्रणालीका कारण फेरि सोमबारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद्ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्