Logo

उत्खनन्‌को विरुद्ध आवाज उठाउन गएका युवाको टिपरले किचेर मृत्यु



Spread the love

२५ पुस, जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा अवैध उत्खनन्‌को विरुद्ध आवाज उठाउन गएका युवाको टिपरले किचेर मृत्यु भएको छ ।

शुक्रबार बिहान ४ बजे मर्निङ वाकमा निस्किएका स्थानीय २४ बर्षका यु्वा दिलिपकुमार महतोको टिपरले किचेर हत्या गरिएको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न मृतक सक्रिय रहँदै आएका थिए । उत्खननको विरोध गर्ने युवकलाई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्