Logo

एक पटक आफूलाई प्रेम गरेर हेर्नुहोस् तब जिन्दगी सुन्दर लाग्न थाल्दछ !



Spread the love

संसारमा आफूलाई भन्दा अरुलाई खुशी र सुखी देख्नु हाम्रो स्वभाब नै हो । अरुले लगाएको पहिरन धेरै सुहाएको महसुस हुने, आफूलाई जे गरे पनि राम्रो नै देखिँदैन । उसले केही नगर्दा पनि कति राम्री, आफूले विभिन्न उपाय अपनाउँदा पनि कहिल्यै राम्रो नदेखिने जस्ता गुनासोहरु प्रायः मानिसहरुको रहन्छ ।

सबैभन्दा भिन्न देखिने चाहमा हामी पागलपनको हदसम्म जान तयार हुन्छौं । वास्तवमा यस्तो सोचाईले हाम्रो आत्म-सम्मानलाई नै घटाइदिन्छ । यदि यस्तो भावना हदभन्दा बढी भयो भने यसले हाम्रो मन र दिमागमा नराम्रो असर देखाउन थाल्छ ।

वास्तवमा हामीले स्वयं आफूलाई माया गर्न आफैं सिक्नुपर्छ । आफूलाई स्वयंसँग तुलना गर्ने निर्णय लिने अधिकार पनि स्वयंलाई नै दिनुपर्छ । हामी भित्रको भावनाले नै हामीलाई आफू स्वयंलाई माया गर्न सिकाउँछ । त्यसैले हामीलाई एउटा दृष्टि दिन्छ । यदि हामीले आफू स्वयंलाई माया गर्न सिकेनौं भने हामी भित्रको आत्मविश्वास चकनाचुर हुन्छ ।
आफूलाई स्वीकार गर्न सिक्नुपर्छ
म जस्तो छु, आफूलाई स्वीकार गर्छु भन्ने कुरा आफू स्वयंलाई बारम्बार भन्नुहोस् । एक पटक यदि तपाईंले यो कुरालाई स्वीकार गर्नु भयो भने तपाईं भित्र एउटा नयाँ आत्मविश्वास जागृत हुन्छ ।
अरुले मूल्याकंन किन गर्ने ?
अरुमा त्यस्तो कुन योग्यता छ । जसले तपाईंको मूल्याकंन गर्न सकोस् ? तपाईं उनीहरुलाई यस्तो गर्ने छुट किन दिन हुन्छ ? आफूलाई मूल्यांकन गर्नका लागि आफ्नो मापन आफै निर्धारण गर्नुपर्छ । साथै आफ्ना लागि त्यस्तो किसिमको मापन निर्धारण गर्नुहोस् । जसमा तपाईं आफू सय प्रतिशत सही निस्कनुहोस् ।
आफ्नो लक्ष्य आफै निर्धारण गर्नुपर्छ
आफू भित्र लुकेका प्रतिभा, योग्यता र धैर्यतालाई चिन्नुपर्छ । तपाईको वरपर नकारात्मक सोच भएका मानिसहरु कति छन् ? भन्ने कुराले कुनै फरक पर्दैन । तपाईंले आफ्नो बाटो आफै बनाउनुपर्छ । स्वयंसँग प्रेम गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्