Logo

माघेसंक्रान्तिको दिन खाने खिचडी स्वास्थ्यको हिसाबले स्वादिलो, पोषिलो र सुपाच्य



Spread the love

खिचडी माघेसंक्रान्तिको दिन खाने विशेष परिकार हो । जाडो मौसमको लागि खिचडी एकदमै लाभदायक हुन्छ । यसले चिसो लाग्नबाट बचाउँछ । खिचडीको महत्व परापूर्वकालदेखि चल्दै आएको पाइन्छ ।

अहिले खिचडी शब्द आफैंमा मिश्रणको प्रतिक बनेको छ । यसको आफ्नै विशेषता छ । समयको हिसाबले यसलाई अहिलेको चिकित्सा विज्ञानले बिरामी हुँदाको समयमा र चिसो मौसममा धेरै खानुपर्ने खानाको रुपमा व्याख्या गरेको छ । जुन यसअघि समेत धार्मिक रुपमा यसको महत्व बताएको भएपनि चिसो मौसममा नै यसको महत्व बताइएको छ ।

अत्यन्तै सजिलो तरिकाले खिचडी पकाउन सकिन्छ ।
समान मात्रामा दाल र चामल एउटा भाँडोमा राखेर भिजाउने ।
प्रेसर कुकरमा घ्यु तताउने ।
घ्युमा अदुवा राखेर फ्राई गर्ने ।
त्यसपछि त्यसमा अघि भिजाएको चामल र दाल राखेर केही छिन भुट्ने ।
अब त्यसमा नुन र बेसार राखेर चलाउने ।
केही छिन चलाएपछि पानी राख्ने र कुकर बन्द गरेर पकाउने ।
चार सिठी लागेपछि खिचडी तयार हुन्छ । चाहना अनुसार, त्यसमा खुर्सानी, धनियाँ राख्न सकिन्छ ।
यस्ता छन् खिचडी खानुका फाइदाहरु:
स्वास्थ्यको हिसाबले खिचडी बहुउपयोगी खानेकुरा हो । खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम तथा फस्फोरस प्रचुर मात्रामा पाउने गरिन्छ । यो एक किसिमको मुलायम खानेकुरा भएकोले यो पचाउनको लागि सजिलो खानेकुरा हो । त्यसैले बिरामी हुँदा पनि खिचडी खाने गरिन्छ । यो आफैंमा शरीरलाई उर्जा प्रदान गर्ने पोषक तत्वयुक्त हुने भएकोले यसले शरीरमा रोगप्रतिरोधी क्षमतालाई मजबुत बनाउन पनि यसले सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्