Logo

जानुहोस् माघे सङ्क्रान्तिका दिन खाने विशेष खान्की तरुलका अद्भुत फाइदाहरु



Spread the love

नेपाली समाजमा उखान नै छ, पुसमा पाके माघमा खाके अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो ।तरुललगायत माटोमुनी फल्ने जड खाद्य पदार्थ सबै कन्दमूल हुन् । तरुललाई तरकारीको रुपमा र उसिनेर खाने गरिन्छ ।

यतिबेला शरीरलाई आवश्यक पोषण यहि तरुलले पूर्ति गर्छ । हामीकहाँ धेरै थरीका तरुल पाइन्छ । घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरा । यससँगै पिँडालु, सख्खरखण्ड आदि पनि खाइन्छ । अर्थात यस सिजनमा जे जति कन्दमुल उत्पादन हुन्छन्, ति माघे संक्रान्तिको विशेष परिकार बन्छ ।

तरुल कन्दमुल अन्तर्गत पर्ने तरकारी हो । यसबाट प्रोटिन, मिनरल र विभिन्न प्रकारका भिटामिन पाइन्छ । जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ । तरुललाई साप्ताहिक रुपमा नियमित प्रयोेग गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । मधुमेहको विरामीले भने अलि कम नै प्रयोग गर्दा राम्रो ।
यस्ता छन् तरुलका खानुका फाइदा:
कोही स्वादको लागि तरुल खान्छन् त कोही पेट भर्नको लागि तरुल खान्छन् । मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो ।
-छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो
-यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
-तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
-यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
-तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
-यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्