Logo

हेटौडा बन्याे प्रदेश ३ काे राजधानी



Spread the love

२७ पुस ,काठमाडाैं ।  लामाे समयदेखि विवादमा रहेकाे प्रदेश नम्बर ३ काे राजधानीकाे टुंगाे लागेकाे छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले हेटौंडालाई प्रदेश नम्बर ३ काे राजधानी घाेषणा गरेका हुन् ।

बहुमतकाे आधारमा हेटौंडालाई प्रदेश ३ काे राजधानी घाेषणा गरिएकाे हाे । हेटाैंडाकाे पक्षमा एक सय पाँच र विपक्षमा तीन मत खसेकाे थियाे । हेटौंडालाई दुईतिहाइ बहुमत प्राप्त भएकाले प्रदेश ३ काे राजधानी हेटाैंडा बनेकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस्