Logo

फोहोर फाल्न नयाँ ठाउँ खोजिँदै : विकल्पका रुपमा बञ्चरे डाँडा



Spread the love

सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको खबर आजको कान्तिपुरमा छापिएको छ ।

नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्ड फिल्ड साइटका स्थानीयले पटक पटक अवरोध खडा गरे पछि ओखरपौवाबाट दुई किलोमिटर दूरीमा पर्ने बन्चरे डाँडामा विकल्प खोजेको हो ।

 

उक्त ठाउँमा ल्यान्ड फिल साइट बनाउन सके सरकारको ढुवानी खर्च कम हुनेछ । त्यहाँ मानव वस्ती पनि छैन ।

शुक्रबार नुवाकोट ओखरपौवाबासी र सम्बन्धीत सरकारी निकायबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेन । वार्ताका लागि ललितपुर र काठमाडौं महानगरपालिकाकाका प्रतिनिधि नुवाकोटमै पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्