Logo

प्रदेश सरकारद्वारा दिलीपको परिवारलाई पाँच लाख दिने घोषणा



Spread the love

२८ पुस, जनकपुर । नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका-५ का दिलीप महतोको परिवारलाई प्रदेश २ सरकारले आर्थिक सहयोग गर्ने भएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

‘मृतकको परिवारलाई ५ लाख सहयोग गर्ने निर्णय भएको छ,’ प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्