Logo

तातोपानीले नुहाउँदा मधुमेह नियन्त्रणमा



Spread the love

एजेन्सी । हालै गरिएको एक अनुसन्धान अनुसार तातो पानीले नुहाउँदा मधुमेह नियन्त्रणमा आउने देखिएको छ । अध्ययन अनुसार तातोपानीले नुहाउँदा सुन्निएको अवस्थामा सुधार आउनुका साथै ब्लड सुगरको स्तरलाई समेत कम गर्छ । यो अध्ययन ‘जर्नल अफ एप्लाइड फिजियोलोजी’ मा प्रकाशित छ । यसअन्तर्गत लाेफवाेरा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले दस जना गतिहीन बढी तौल भएका पुरुषको विश्लेषण गरे ।

यदि तपाई एक घण्टासम्म तातोपानीले नुहाउनुहुन्छ भने यो व्यायामजस्तै शरीरका लागि फाइदाकारी हुन्छ र सुन्निएको अवस्थालाई समेत कम गर्छ । अध्ययनमा यो समेत पाइयो कि तातोपानीको टपमा केहि समय रहनाले शरीरमा रक्तचाप कम गर्ने पदार्थ समेत निस्कने गर्छ ।

अध्ययनमा सहभागीहरुले ३८ डिग्री सेन्टिग्रेडको तापकम भएको तातोपानीमा नुहाए । उनीहरुको रगतको नमुना लिनु भन्दा अघि, त्यसको तत्काल २ घण्टा पछि पुरुषमा ग्लुकोज र इन्सुलिनको स्तर परीक्षण गर्न सुन्नईको मार्कर हेर्न लगियो । नुहाउने समय हरेक १५ मिनेटमा मुटुको चाल रक्तचाप र शरीरको तापक्रमको तथ्यांक समेत राखियो ।

तातोपानीले नुहाउने पुरुषलाई रगत परीक्षण गराउनु भन्दा पहिले दुई सातासम्म कम्तिमा १० पटक नुहाउने सल्लाह दिईयो । परिणाम ले के थाहा पाईयो भने तातोपानीले मात्र नुहाउँदा रगतको प्रबाहमा इन्फ्लामेट्री केमिकल बढाउँछ ।

एक पटकको तातोपानीको नुहाईले नाइट्रीक अक्साइडलाई निष्कासनगर्छ जसले रगतको नलीलाई आराम दिन्छ र यसैले रक्तचाप समेत नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस्