Logo

हामी भित्र किन आउँछ आत्महत्या गर्ने सोच ?



Spread the love

 

 

एजेन्सी । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले गरेको अनुसन्धान अनुसार मस्तिष्कभित्र नै भएको प्रमुख नेटवर्कले आत्महत्या गर्न उत्प्रेरित गर्ने गर्छ । मस्तिष्कभित्रको तिनै दुईवटा नेटवर्कको कारण नै मानिसहरुमा आत्महत्या गर्ने इच्छा जाग्ने र केहीले वास्तवमै आत्महत्या पनि गर्छन् ।

संसारभरीमा हरेक वर्ष ८ लाख मानिसहरुले आत्महत्या गर्ने तथ्याकंमा उल्लेख छ । हरेक ४० सेकेण्डमा एउटा आत्महत्याको घटना घट्ने पनि तथ्याकंमा उल्लेख गरिएको छ ।

अनुसन्धानको अनुसार विश्वस्तरमा १५ देखि २९ वर्षमा हुने मृत्युको प्रमुख कारण आत्महत्या भएको खुलेको छ । यसैगरी, क्यान्सर, हृदय रोग, एड्स, जन्मजात रोग, स्ट्रोक, निमोनिया, इन्फ्ल्युएन्जा र फोक्सोको रोग जस्ता रोगले पनि किशोरावस्थामा मृत्यु हुने गरेको छ ।

अनुसन्धानका अनुसार मस्तिष्कको संरचनात्मक, कार्यात्मक र दिमागमा हुने अति मसिना कणहरुमा आउने परिवर्तनको कारण पत्ता लगाउने कोसिस गरियो जसले आत्महत्याको जोखिम बढाउँछ । 

प्रतिक्रिया दिनुहोस्