Logo

बार्सिलोनामा नयाँ प्रशिक्षक नियुक्त



Spread the love


एजेन्सी । स्पेनिश क्लब बार्सिलोनाले अर्नेष्टो भाल्भार्डेलाई हटाइ क्वेक सेटिनलाई नियुक्त गरेको छ । क्वेक सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । क्लबले सेटिनसँग साढे दुईवर्षको सम्झौता गरेको छ ।

गतसाता एट्लेटिको मड्रिडविरुद्ध सुपरकोपाको सेमिफाइनलमा पराजित भएपछि भाल्भार्डे बार्सिलोनाबाट हट्नसक्ने चर्चा चलेको थियो ।
सन् २०१७ को मेमा भाल्भार्डेलाई बार्सिलोनाले प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो । उनले प्रशिक्षकको क्रममा १४५ खेलमध्ये ९७ खेलमा जित हासिल ,३२ खेलमा ड्र र १६ हार व्यहोरेका थिए ।

उनले बार्सिलोनालाई दुईपटक लिग, एउटा कोपा डेल रे र एउटा सुपरकोपा ट्रफी दिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्