Logo

सिटी र लिभरपुलको समूहबाट इर्ष्या गर्दिंन– माउरिन्हो



Spread the love


एजेन्सी । टोटेनहामका प्रशिक्षक जोस माउरिन्होले टोटेनहामको जागिर कठिन भएको तर आफू लिभरपुल र सिटीको समूह देखेर इर्ष्यालु नभएकाे बताएका छन् ।

म्यानचेस्टर सिटी गत सिजनको लयमा फर्किने चेष्टा गर्दै छ भने लिभरपुल सिटीभन्दा १४ अंकले अगाडि रहेको छ ।
माउरिन्हो गत नोभेम्बरमा टोटेनहामको प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । प्रिमियर लिगको तालिकामा टोटेनहाम आठौँ स्थानमा छ ।

माउरिन्होले टोटेनहामलाई सिटी र लिभरपुलसँग तुलना गर्न नमिल्ने जनाएका छन् ।
माउरिन्होले भने, “हामीसँग जुन समूह छ, त्यो समूह अरुजस्तो हुन सक्दैन । मैले सिटी र एस्टोन भिल्लाको खेल हेरिरहेको थिएँ । जुन खेलमा रहिम स्ट्रलिङ, बर्नार्डो सिल्भा, गुन्डोगन र ओटामेन्डी बेन्चमा बसेका थिए । लिभरपुललाई हेर । म यी टिमबाट इष्र्यालु छैन । मसँग अद्भुत जागिर छ तर यो निकै कठिन छ । ”

रियल मड्रिड, इन्टर मिलान र चेल्सीका पूर्व प्रशिक्षक माउरिन्होले पोर्चुगलको क्लब पोर्टोलाई सन् २००४ मा च्याम्पियन्स लिग जिताएका थिए । उनी विश्वका सफल प्रशिक्षकमध्ये एक मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्