Logo

ए डिभिजन लिग: सङ्कटालाई पाखा लगाई शीर्षस्थानमा पुनरामगन गर्ने दाउमा आर्मी



Spread the love

२९ पुस, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मङ्गलबार छैटौँ चरणको अन्तिम खेल हुँदैछ ।लिगअन्तर्गत आज एउटा मात्रै खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो ३ बजे सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा हुनेछ ।

डेढ महिनाको प्रतिबन्ध मुक्त भएर सन्तोष तामाङ फर्केपछि आर्मी थप मजबुद भएको छ । आर्मी संकटालाई पराजित गर्दै शीर्ष स्थानमा पुनरामगन चाहन्छ । अर्को तिर संकटा पनि आर्मीलाई हराउने रणनीतिमा हुनेछ । त्यसमा सफलता मिलेमा टोली पाँचौं स्थानमा उक्लनेछ ।

प्रतिक्रिया दिनुहोस्