Logo

ओस्कार मनाेननयमा जाेकर, आइरिशम्यान र वान्स अपन अ टाइमकाे वर्चस्व



Spread the love

एजेन्सी । ९२ औँ ओस्कारको लागि सबैभन्दा बढि विभिन्न ११ विधामा जोकर फिल्म मनोनित भएको छ । जोकर फिल्मबाट उत्कृष्ट कलाकार र उत्कृष्ट निर्देशकसहित अन्य विधामा मनोनित भएको हो । यसैगरी मार्टिन स्कोर्सेजको आइरिसम्यान र क्वान्टिन टारन्टिनोको वान्स अपन अ टाइम इन हलिउड दश विधामा मनोनित भएका छन् । यसैगरी म्यारिज स्टोरी, लिटिन वुमन, जोजो र्याबिट र पारासाइट फिल्म छ विधामा मनोनित भएका छन् ।

यसैगरी उत्कृष्ट चलचित्रको मनोनयनमा १९१७, द आइरिसम्यान, फर्ड भर्सेज फेरारी, जोजो र्याबिट, वान्स अपन अ टाइम इन हलिउड, म्यारिज स्टोरी, जोकर र पारासाइट परेका छन् भने उत्कृष्ट निर्देशकको मनोनयनमा मार्टिन स्कोर्सेज, टोड फिलिप्स, साम मेन्डिस, बोन जुन हो र क्वान्टिन टारन्टिनो परेका छन्

प्रतिक्रिया दिनुहोस्