Logo

वैज्ञानिकहरुले बनाए शरीरको पुरै अंग हेर्न सकिने क्‍यामरा



Spread the love

वैज्ञानिकहरुले मानव शरीरको पूरै अंग हेर्न सकिने क्‍यामरा बनाएका छन  । चिकित्सकले स्क्यान तथा एक्सरेहरुको विकल्‍पमा यसलाई प्रयोग गरी भरपुर फाइदा लिन सक्‍ने बाताएका छन । सुरुवातको परीक्षणमा यो क्‍यामेराले २० सेन्टिमिटर कोशिकाको तल समेत प्रकाशले देख्‍न सकिने क्षमता राख्दछ।

युनिभर्सिटी अफ एडिनवर्गका प्रोफेसर केव धालीवालले भने, ‘यो क्‍यामराले धेरै प्रकारका काम गर्ने क्षमता राख्दछ। विशेष गरी यो क्‍यामराले चिकित्सकलाई शरीरमा कुनै प्रकारको औजार वा डिभाइसको लोकेशन देखाउन महत्वपूर्ण भूमिका खेल्‍नेछ।’

यस्तै इन्डोस्कोपी गर्दा प्रकाश शरीर बाहिर निक्लिन सक्‍ने खतरा हुने भए पनि यो क्‍यामराले भने कुनै असर नगरी सजिलै वस्तु भेटाउन मद्दत गर्ने वैज्ञानिकहरुले बाताएका छन ।

प्रतिक्रिया दिनुहोस्