Logo

चर्चित गायक पुस्कलको “सतीप्रथा ”ट्रेन्डिङ नम्बर ४ मा (भिडियोमा)



Spread the love

पछिल्लो समय दर्शकले आधुनिक,र्याप,पपसँगै लोक दोहोरलाई पनि रुचाउने गरेको पाइन्छ । अहिले यस्तै नेपाली लोक दोहोरीबाटै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक पुस्कल शर्मा र गायिका बिष्णु माझीको आवाजमा रहेको नयाँ गीत “सतीप्रथा ”म्युजिक भिडियो शनिबार सार्बजनिक भएको छ । उक्त गीत अहिले ट्रेन्डिङ नम्बर ४ मा परेको छ ।

नेपाली समाजको यथार्त वास्तविक घटना बोकेको गीतलाई गायक पुस्कल शर्माले चित्रण गरेका छन् । उनि एक सफल गायकको रुपमा चर्चित छन् किनभने उनी हाम्रो समाजमा घटेका सत्य,तत्थ कथालाई आफ्नो गीतमा प्रस्तुत गरेको देखिन्छ ।

लाखौं दर्शकले भने गर्छन, उनको गीत हेर्दा फिल्म हेरे जस्तो लाग्छ । उनको गीत हेरेरै अरुले पनि उनको जस्तो गीत बनाउन खाजेको जस्तो लाग्छ । गायक पुस्कल लोक दोहोरि गीतलाई परिवर्तन ल्याउने गायक भन्दा फरक नपर्ला ।

गीतमा गायक पुस्कलकै शब्द,संगीत ,स्वर रहेको छन् भने म्युजिक भिडियो १४ मिनेट १३ सेकेन्डको रहेको छ। पछिल्लो समय नेपाली लोक दोहोरीमा दर्शक आकर्षण भएको देखिन्छ ।

‘सतीप्रथा’ मा आधारित गीत अहिले लाखौ दर्शकले अत्यन्तै रुचाएका छन् । ४५ लख २ हजार १ सय ८५ भिवर्स आएको छ भने यस भिडियोलाई १६ हजारले लाइक गरेका छन् भने ६ सय ८१ ले डिसलाइक गरेका भिडियोमा २ हजार १ सय ६७ले कमेंड गरेका छन् । यसो हेर्दा गीतलाई धेरैले रुचाएको देखिन्छ । गीतमा मनछुने डाइलोक ‘छोरा जन्मे पनि छोरी जन्मे पनि केहि न केहि त जन्मेको होला उसैको मुख हेरेर उसैका लागि बाँच्नु है-राधा  !

उक्त गीतलाई मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गितलाई पुस्कल शर्माकै अफिसियल युट्युब च्यानल बाट सार्वजनी भएको छ । उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन्।

गीतको मुख्य भूमिकामा आमा सरिक के.सी, छोरी मिकेसना पोखरेल र बुवाको भूमिकामा गायक पुस्कल स्वयं आफैले अभिनय गरेका छन् ।

सुरेश श्रेष्ठद्वारा छयांकन भएको भिडियोलाई दिपक विस्ताले सम्पादन गरेका छन् भने भिडियोलाई पनि गायक पुस्कलले नै निर्देशन गरेका छन् ।

ट्रेन्डिङ नम्बर ५ माहेर्नुहोस्  भिडियोमा:

https://youtu.be/Elhna_LVZjo

प्रतिक्रिया दिनुहोस्