Logo

हाम्रो यस्ता आनीबानी, जो आफ्नै उन्नती प्रगतिमा बाधक बनिरहेको छ !



Spread the love

हाम्रो किन चाहे जस्तो उन्नती, प्रगति हुँदैन ? यसको जबाफ हामी आफैभित्र खोज्नुपर्छ । किनकि, हाम्रो आफ्नै बानीले हामीलाई प्रगति गर्नबाट रोक्छ । हामी धेरै फुर्सदमा विताउन चाहन्छौ वा हरेक क्षण समय कटाउने वाहाना खोजिरहेका हुन्छौं । समयको महत्वलाई नबुझेर पनि गैर जरुरी काममा हामी घण्टौ बिताइदिन्छौं । जसले हामीलाई सधै प्रगतिको पथबाट टाडा धकेलिरहेको छ ।
स्वास्थ्यका लागि पर्याप्त समय नदिने
हामी निरोगी हुन चाहन्छौं, लामो आयु बाँच्न चाहन्छौं । तर, स्वास्थ्यका लागि समय निकाल्न जाँगर भने पटकै चलाउँदैनौ ।त्यसले गर्दा नै हामीलाई अनेक रोगले आक्रमण गरिरहेको हुन्छ ।
नयाँ कुरामा अपडेट हुन नचाहने
हामी नयाँ कुराप्रति सधै जिज्ञासु हुनुपर्छ र त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ । अझ अहिलेको प्रविधिको जमानामा हरेक कुरामा अपडेट भइएन भने हामी पछाडि पर्छौं ।
आफुलाई उत्कृष्ट बनाउने कोशिश नगर्नु
हामी आफुलाई उत्कृष्ट बनाउने कोशिश गर्दैनौं । जे छौ, जस्तो छौं त्यसैमा भुलिन्छौं । यसले पनि हामीलाई अगाडि बढ्न दिदैन ।
धेरै सोच्ने, काम नगर्ने
हरेक दिन जसो हामी आफ्नो कामबारे सोच्ने गर्छौं । तर, त्यही अनुसार काममा लाग्दैनौ । हाम्रा योजनाहरु धेरै बन्छन्, त्यसै थन्किन्छन् । यस क्रममा पनि कति समय बर्बाद हुन्छ ।
आफ्नो कमजोरी महसुस नगर्नु
हामीमा केहि न केहि कमजोरी हुन्छ । कमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ । कमजोरीलाई नबुझ्नु वा बुझेर पनि ढाकछोप गर्ने बानीले अन्ततः हामीलाई नै प्रगति गर्नबाट रोक्छ ।

प्रतिक्रिया दिनुहोस्