Logo

असफलतासँग डराउनु कतै जीवनमा असफल हुनेको सङ्केत त होइन!



Spread the love

असफलता जीवनको एउटा वास्तविकता हो, जसको सामना सबै मानिसले आफ्नो जीवनमा गर्नै पर्छ । यसबाट कोहि पनि भाग्न सक्दैन । अल्बर्ट आइन्स्टाइन भन्छन् ,’यदि कुनै व्यक्ति कहिल्यै असफल भएको छैन भने त्यसको अर्थ उसले आफ्नो जीवनमा कहिले केही नयाँ गर्ने कोशिश गरेको छैन।’

यदि तपाईं असफल हुनु भएको छैन भने त्यसको अर्थ तपाईं आफ्नो जीवनमा चुनौति उठाउनबाट डराई रहनु भैईरहेको छ । तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौती भनेको तपाईंले कुनै पनि चुनौती नलिनु हो । कुनै पनि व्यक्ति चुनौति नउठाइ इतिहास विकसित गरेको छैन । त्यसैले तपाईंले पनि जीवनमा जोखिम त लिनै पर्छ ।

त्यसैले जीवनमा अगाडि बढ्नका लागि चुनौतीहरुलाई स्वीकार गर्नुपर्छ । यदि तपाईं केही कुरालाई गहिरिएर विचार गर्नु भयो भने अवस्य पनि तपाईं सजिलैसंग आफ्नो असफलतालाई सफलतामा डाल्न सक्नु हुन्छ ।

आफ्नो असफलताहरुबाट सिक्नु पर्छ
तपाईं असफल हुनु ठुलो कुरा होइन तर तपाईंले आफ्नो असफलताबाट के सिक्नु भयो भन्ने महत्वपूर्ण कुरा हो । असफलता कुनै समस्या होइन तर आफ्नो असफलताहरुबाट केही नसिक्नु ठूलो समस्या हो । समस्या समस्यामा हुँदैन, समस्यालाई समस्या नसम्झनु एउटा ठूलो समस्या हो । हामी प्रायः आफ्नो असफलताहरुलाई स्वीकार गर्न डराउँछौ र आफु स्वयंलाई विभिन्न वाहाना बनाएर सम्झाउन थाल्छौं । आफ्नो असफलताका लागि अरुलाई दोषि ठहर्‍याउँछौं । आफ्नो असफलताको बहाना खोज्नु हुँदैन किनभने त्यसले केही समयका लागि त तपाईंको मन बुझाउँछ तर त्यसले तपाईंलाई तपाईंको सफलताबाट धेरै टाढा पनि गराउन सक्छ ।
आफैंलाई सोध्नु पर्छ
यदि तपाईंले आफ्नो समस्त ध्यान आफ्ना कठिनाईहरुमा केन्द्रित गर्नु भयो भने कुनै पनि कुरामा तपाई सफल हुने सम्भावना पनि सकिन्छ ।
असफलताबाट डराउनु हुँदैन
यदि एक पटक तपाईंले आफुले यो कुरा गर्न सक्दिन भन्ने मान्नु भयो भने तपाईं आफ्नो भित्रि मनबाट प्रयत्न गर्न सक्नु हुन्न र बारम्बार असफल हुनु हुन्छ र यहि डर तपाईंमा हावी हुन्छ । असफल हुँदा तपाईं अझ बलीयो बन्नु हुन्छ र तपाईंलाई आफ्नो लक्ष्य अझ स्पष्ट भएको पाउनु हुन्छ ।
लक्ष्य बनाउनु पर्छ
यदि तपाईंलाई सफलता प्राप्त गर्नु छ भने तपाईले आफ्नो कुनै एउटा लक्ष्य निर्धारित गर्नु पर्छ । आफ्नो लक्ष्यमा हर सम्भव मेहनत गर्नु पर्छ । केवल सजिलो कुरा मात्र गर्न खोज्नु हुँदैन ।
इच्छा शक्ति बढाउनु पर्छ
इच्छा शक्ति जगाउनु पर्छ साथै आफ्नो भावनात्मक भावनालाई पनि जगाउनु पर्छ, किनभने भावनात्मक भावना बिना वील पावर अधुरो हुन्छ ।जब कुनै काममा तपाईं भावनात्मक भावना जोडियो भने त्यो काम तपाईंका लागि सजिलो हुन्छ ।
सफल ब्यक्तिको सफलताबाट मात्र होइन असफलताहरुबाट शिक्षा लिनु पर्छ
यदि तपाईंलाई आफ्नो जीवनमा तिव्र रुपमा सफलता प्राप्त गर्नु छ भने सफलताको कथाहरु नपढ्नुहोस् । यदि कथा नै पढ्ने हो भने असफलताको कथाहरु पढ्नु होस्, जसले तपाईंलाई तपाईं भित्रको कमी-कमजोरीका बारेमा थाहा हुन्छ र राम्रोसंग आफ्नो कमीलाई सुर्धान सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्