Logo

प्रिमियर लिगमा धेरै गोल गर्ने ५ खेलाडी ।



Spread the love

एजेन्सी । म्यानचेस्टर सिटीका लिजेन्ड सर्जिओ अग्युइरोले हालचाल नयाँ इतिहास लेखेका छन् । उनले एस्टन भिल्लाविरुद्ध ह्याट्रिक गरेपछि नयाँ इतिहास बनाएका हुन् । अहिले उनी प्रिमियर लिगमा सबैभन्दा बढि गोल गर्ने खेलाडीको सूचिको चौथो स्थानमा रहेका छन् । यहाँ प्रिमियर लिगमा सबैभन्दा बढि गोल गर्ने खेलाडीहरुको सामान्य चर्चा गरिएको छ ।

५.फ्रान्क लाम्पार्ड (वेस्ट ह्याम, चेल्सी, म्यानचेस्टर सिटी)– १७७ गोल

चेल्सीका पूर्व मिडफिल्डर फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा १७७ गोल गरेका छ् । यति मात्र होइन, उनी चेल्सीका लागि धेरै गोल गर्ने खेलाडी पनि हुन् । उनलाई उत्कृष्ट मिडफिल्डरको रुपमा लिने गरिन्छ । उनी चेल्सीका लागि खास खेलाडी थिए । उनले चेल्सीलाई तीन लिग टाइटल, चार एफए कप, एक एकवटा च्याम्पियन्स लिग र यूरोपा लिग जिताएका थिए । अहिले उनी चेल्सीको प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।

४.सर्जिओ अग्युइरो (म्यानचेस्टर सिटी)– १७७ गोल

सर्जिओ अग्युइरो अजेन्टिनी स्ट्राइकर हुन् । उनले म्यानचेस्टर सिटीमा सबैभन्दा धेरै गोल गरेका छन् । यतिमात्र होइन, उनले प्रिमियर लिगमा सबैभन्दा बढि गोल गर्ने इङ्ल्यान्डबाहिरका खेलाडी पनि हुन् । उनले आजसम्म १७७ गोल गरिसकेका छन् । उनी सिटीका लागि कोशेढुङ्गा हुन् । क्लबको लागि चार प्रिमियर लिग, एक एफए कप, चार कारबाओ कप र ३ कम्युनिटी सिल्ड जिताइसके अग्युइरोले भविष्यमा एलन शेययरको रेकर्ड तोड्न सक्छन् तर उनी इङ्ल्याण्डमा बसेको खण्डमा ।

३. एन्डी कोल (न्यूक्यासल, म्यानचेस्टर युनाइटेड, ब्ल्याकबर्न, फुलह्याम, म्यानचेस्टर सिटी)– १८७ गोल

एन्डी कोल उनको युगका उत्कृष्ट स्ट्राइकर हुन् । धेरै क्लबमा आबद्ध भएपनि उनी विशेषगरी १९९३ देखि २००० सम्म न्यूक्यासल र म्यानचेस्टर युनाइटेडमा आफ्नो प्रतिभा देखाएका थिए । उनले प्रिमियर लिगमा १८७ गोल गरेका थिए । उनले म्यानचेस्टर युनाइटेडलाई पाँच लिग, दुई एफए कप र एउटा च्याम्पियन्स लिग जिताएका थिए ।

२.वाइनी रुनी (म्यान्चेस्टर युनाइटेड, एभरटन)– २०८ गोल

वाइनी रुनीले इङ्ल्यान्डका आशाका किरण थिए । विशेषगरी उनले म्यानचेस्टर युनाइटेडलाई शिखरको चुलीमा पुर्याए । उनले प्रिमियर लिगमा २०८ गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडमा करिब १३ सिजन रही उनले पाँच लिग टाइटल, एउटा एफए कप, एउटा च्याम्पियन्स लिग र एउटा यूरोपा लिग जिताएका थिए ।

१.एलन शेययर (ब्ल्याकबर्न रोभर्स, न्यूक्यासल) –२६० गोल

न्यूक्यासलका लिजेन्ड एलन शेययर निर्विरोध प्रिमियर लिगको इतिहासका उत्कृष्ट स्ट्राइकर हुन् । उनले ब्ल्याकबर्न रोभर्स र न्यूक्यासलमा खेलेर २६० गोल गरेका छन् । गोलसंख्या प्रशस्त भएपनि उनले क्लबलाई ठोस योगदान दिन सकेनन् । उनले खेलकुद करिअरमा जम्मा एउटा  प्रिमियर लिग जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्