Logo

मन्त्री नेम्वाङ भन्छन् ,’अब रेल चढ्न दुई तीन महिनाभन्दा बढि कुर्नुपर्दैन’



Spread the love

२९ पुस, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालमा रेल चढ्न धेरै समय कुर्नु नपर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले जनकपुर जयनगर रेलमार्ग तयार भएको बताउँदै एक डेढ महिनामा भारतले रेल दिने जानकारी दिएका हुन् ।

समितिको बैठकमा नेम्वाङले भने, ‘अब रेल चढ्न दुई तीन महिना भन्दा बढी कुर्नुपर्दैन । चाँडै नेपालमा रेल चलेको देख्नुहुनेछ । हामी रेलको निरन्तर निरीक्षण गरिरहेका छौ । तर हामीसँग रेल चलाउने दक्ष जनसक्तिको अभाव छ । त्यसको ब्यवस्थापन गर्नुपर्नेछ । रेलसम्बन्धी विधेयक पनि आइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्