Logo

नारायणकाजी श्रेष्ठ भन्छन् ,’तुम्बाहाम्फे उपसभामुख रहेर सभामुख बन्न सक्नुहुन्न’



Spread the love

२९ पुस, काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन सुझाएका छन्। लमजुङमा एक कार्यक्रमको बिचमा पत्रकारहरुसँग कुराकानी गर्दै श्रेष्ठले उपसभामुख तुम्बाहाम्फेको दावी भने सही रहेको बताए।

‘उपसभामुखले दावी गर्ने हक राख्नुहुन्छ, श्रेष्ठले भने, ‘सभामुख उहाँ बन्ने हो भने पहिला पार्टीले पाउने बाटो तयार हुनुपर्छ। उहाँ नै हुन सक्नु होला तर उहाँ उपसभामुख भएर त हुन्न। उहाँले राजीनामा दिएपछि पार्टीले निर्णय गर्छ।’

प्रवक्ता श्रेष्ठले तुम्बाहाम्फे पार्टीबाट सभामुखको सशक्त दाबेदार भएको स्पस्ट पारे। ‘पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिन्छ। तर हाम्रो पार्टीले नपाउने स्थिति बनाउनु पार्टीको हित चाहनेलाई उपयुक्त कुरा होइन’ श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस्