Logo

पुरानो संसद् भवन नयाँ बनाउन विकास समितिको निर्देशन



२९ पुस, काठमाडाैँ – प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ । समितिको आजको बैठकमा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिएकी हुन् ।

साविक मौलिकता रहने गरी भवन बनाउन उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई निर्देशन गरिएको बैठकमा जानकारी दिइन् । सिंहदरबारभित्रै भूकम्पले क्षति पुगेको भवन प्लास्टिक ओढाएर राख्दा पुनःनिर्माणकोका काम हुन नसकेको सन्देश गएकाले पुरानैस्वरुपमा नयाँ भवन बनाउनुपर्ने माग सांसदहरुले गरेका थिए । सांसद रामबहादुर विष्ट, यज्ञराज सुनुवार, रङ्गमती शाही लगायतले भवन धरापमा नराखी के गर्ने हो छिटो निर्णय गर्न माग गरेका थिए ।

बैठकमा प्राधिकरणका सचिव शिवहरि शर्मा र शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले नीतिगत निर्णय राजनीतिक नेतृत्वबाट हुनुपर्ने माग गरेका थिए ।

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्