Logo

गंगुबाइ काठियावाडीको अफिसियल लोगो सार्वजनिक



Spread the love


एजेन्सी । बलिउडकी अभिनेत्री आलिया भाटले गंगुबाइ काठियावाडी चलचित्रको लोगो सार्वजनिक गरेकी छिन् । उक्त चलचित्रको निर्देशक सन्जय लीला भंसाली हुन् । भाटले लोगोको एनिमेटेड क्लिप इन्स्टाग्राममा सार्वजनिक गर्दै फर्स्ट लुक भोलि रिलिज हुने बताएकी छिन् ।

https://www.instagram.com/p/B7SllwiFZdc/?utm_source=ig_embed

गंगुवाइ काठियावाडी चलचित्र सेप्टेम्बर ११ मा रिलिज हुनेछ । उक्त चलचित्र मुम्बइकी माफिया क्विन गंगुबाइ काठियावाडीको जीवनमा आधारित रहेर बनाइंदैछ । कथा भने पत्रकार हुसेन जैदीले लेखेका हुन् । काठियावाडी साठीको दशकमा मुम्बइकी सबैभन्दा शक्तिशाली महिला थिइन् । उनी लागुऔषधको व्यापारी र पेशेवार हत्यारा थिइन् ।

गंगुबाइ कोठियावाडीको भूमिकामा प्रियंका चोप्राले अभिनय गर्ने कुरा थियो तर पछि विशेष कारणवस उक्त अभिनय आलिया भाटले गर्ने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्