२९ पुस, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए यता पहिलोपटक भारत भ्रमण गर्ने भएका छन् । भारत दशककै सबैभन्दा कमजोर आर्थिक वृद्धिबाट गुज्रिरहँदा अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणलाई महत्वपूर्ण रुपमा लिईएको छ ।
आगामी साता वासिंगटनमा महाभियोगको सामना गरेका राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा भारत भ्रमण गर्ने तालिकाबारे छलफल भइरहेको ब्लुमवर्ग एसियाले जनाएको छ । दुबै देशका अधिकारीहरुले भ्रमणका लागि उपयुक्त तिथिका लागि निरन्तर सम्वादमा रहेको जनाइएको छ ।
भ्रमणको क्रममा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लामो समयदेखि स्थगित हुँदै आएको ब्यापार सम्झौतासँगै नागरिक उड्डयन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्