Logo

अन्तरिक्ष युद्ध के हो ?



Spread the love

हामीलाई थाहा भए अनुसार पृथ्वीमा त समय समयमा युद्ध हुने गर्छ तर यो अन्तरिक्ष युद्ध भनेको चाहि के होला भन्ने जिज्ञाशा लाग्न सक्छ । आजको यो बिज्ञान तथा प्रविधिको युगमा बिकसित देशहरुले अन्तरिक्षमा को भन्दा के कम भनेर आपसमा प्रतिस्पर्धा गरि रहेका हुन्छन् । अमेरिका र सोभियत सङ्घको शितयुद्ध अन्तरिक्ष अन्वेषणको प्रतिस्पर्धामा प्रस्ट देखियो । एकअर्काको शेखी झार्ने प्रतिस्पर्धामा विज्ञानले चामत्कारिक प्रगति गयो । मजदुर किसानका राज्य स्थापनाको केही वर्षभित्र सोभियत सङ्गले पुँजीवादी खेमाको के अमेरिकालाई चित् खुवाउँदै अन्वेषणमा सधैँ अमेरिकाभन्दा एकपाइला अघि भइरह्यो ।

स्रोत : http://www.hdwallpapers.in

  • २१ अगस्ट १९५७, सोभियत सङ्घद्वारा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षण ।
  • ४ अगस्ट १९५७, सोभियत सङ्घले स्पुतनिक-१ नाक पहिलो मानवनिर्मित भू-उपग्रह सफल प्रक्षेपण ।
  • ३ नोभेम्बर १९५७, सोभियत सङ्घद्वारा लाइका नामक कुकुरलाई राखेर स्पुतनिक-२ लाई पृथ्वीको कक्ष परिक्रमा ।
  • १८ डिसेम्बर १९५८, अमेरिकाले पहिलो सञ्चार भू-उपग्रह प्रक्षेपण ।
  • ४ जनवरी १९५९, जवाफमा रुसले लुना-१ नामक यान सूर्यको अध्ययनको लागि प्रक्षेपण ।
  • १२ अप्रिल १९६१ युरी गागरिनसहित रुसले पहिलोपटक मानवसहितको यान भोस्तेक अन्तरिक्षमा प्रक्षेपण ।
  • ५ मे १९६१ मा बल्लअमेरिकाले अन्तरीक्षमा मानव पठाउन सफल ।
  • १७ जुलाइ १९६३ मा फेरि रुसले पहिलो महिला अन्तरिक्ष यात्रीको रूपमा भ्यालेन्टिना तेरेस्कोभालाई
    पठायो ।
  • २० जुलाइ १९७९ मा अमेरिकाले एपोलो ११ मार्फत् चन्द्रमामा पहिलो मानव उतायो ।

यो सँगै अन्तरिक्ष दौडको एउटा अध्याय टुङ्गियो । यसरी अमेरिका र सोभियत सङ्घको अन्तरिक्ष अन्वेषणको यी प्रतिस्पर्धालाई अन्तरिक्ष युद्ध (Space War) भनिन्छ ।

स्रोत : वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, किर्तिपुर, काठमाडौँ, नेपाल

प्रतिक्रिया दिनुहोस्