Logo

इपिएलमा सन्दीपले काठमाडौं किंग्स ११ बाट खेल्ने



Spread the love

१ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् । इपिएलले यस सिजन ल्याएको ट्रेड प्रावधान अनुसार सन्दीप ललितपुर प्याट्रीयट्सबाट काठमाडौं लागेका हुन् ।

गत सिजन ललितपुरदबाट सन्दीपले सुरुवाती २ खेल मात्र खेलेका थिए । उनी सिजन सकिनुअघि नै बिग ब्यास लिग खेल्न अष्ट्रेलियाको लिग खेल्न त्यसतर्फ प्रस्थान गरे ।

प्रतिक्रिया दिनुहोस्