Logo

प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न



Spread the love

२ माघ, कास्की – नेपाल क्युकोसिन कान कराँते सङघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’भन्ने नारा सहित यही पुस २९ गते पोखरा रङ्गशाला तथा ढुङ्गेसाँघुमा बुधबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २५ तौल समूहमा शालिन केसी प्रथम, सत्कार प्रत्येल द्धितीय प्रमेश मगर र नसिब थापा मगर तृतीय भए । ३० केजी तौल समूहमा रोहन आचार्य प्रथम, अविशेक तामाङ द्धितीय, सोबिन प्रत्येल र प्रनिल श्रेष्ठ तृतीय भएका छन् ।

यसैगरी,३५ केजी तौल समूहमा रोशन गुरुङ प्रथम, रकान्त मगर द्धितीय विद्यान घिमिरे र निशेश थापा मगर तृतीय भए । ४० केजी तौल समूहमा राजन पोख्रेल प्रथम, सुदिप तिमिल्सिना द्धितीय, आद्धित्य मल्ल र निराजन खत्री तृतीय भएका छन् ।४५ केज तौल समूहमा राजेश गौतम प्रथम, राजन बिक द्धितीय मिराज परियार र सितल कुमाल तृतीय भएका छन् । ५० केजी तौल समूहमा युवराज गुरुङ पहिलो सुमित सिग्देल दोस्रो, सम्राट सेन र संगम श्रेष्ठ तेस्रो भएका छन् । ५५ तौल समूहमा सुमन बराम प्रथम, दिपेश गुरुङ द्धितीय अंकित गुरुङ र हुमन मर्स्याङदी तृतीय भएका छन् ।

खुला तौल समूहमा गोविन्द रोका प्रथम, संगम गुरुङ द्धितीय गणेश अधिकारी र नबराज गुरुङ तृतीय भए । महिलातर्फको खेलमा ४० केजी तौल समूहमा मातृका शाही प्रथम ज्याक्सीना क्षेत्री द्धितीय ललिता छत्याल र अंशु कार्की तृतीय भएका छन् । ४५ केजी तौल समूहमा मनिषा तामाङ प्रथम, सर्वधा पौडेल द्धितीय सिम्रन खत्री र पुष्पा बिसीले तृतीय स्थान प्रापत गरे । ५० तौल समूहमा सरगम कुमाल पहिलो, सदिक्षा कुमाल दोस्रो, सिता विक र ममत पौडेल तेस्रो भएका छन् । खुला तौल समूहमा युनिका शेरचन प्रथम, रचना मगर द्धितीय सृजना पुन र रुवी क्षेत्रीले तृतीय स्थान प्राप्त गरे ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल क्युकोसिन कान कराँते सङ्का केन्द्रीय अध्यक्ष बिनय मल्ल, नेपाल क्युकोसिन कान कराँते सङ्घ केन्द्रीय प्रशिक्षण प्रमुख राजेन्द्र सुबेदी, सङ्घ कास्कीका अध्यक्ष बेलबहादुर थापा, गण्डकी प्रदेश प्रमुख दिपक बहादुर गोदार, प्रतियोगिता संयोजक दानबहादुर क्षेत्री लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा १५० खेलाडीले स्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्