Logo

विश्वकै ठूलो रेडियो टेलिस्कोप कहाँ छ ?



Spread the love

विश्वकै ठूलो रेडियो टेलिस्कोप कहाँ छ ?

 

चीनको गुइझोउको पहाडहरुका बीचमा बनाइएको विश्वकै ठूलो रेडियो टेलिस्कोपले ब्रम्हाण्डका विभिन्न ग्रहहरूबाट प्राप्त प्राकृतिक तरङ्ग र अन्य कृतिम भुउपग्रहका तरङ्गलाई तान्ने बताइएको छ । पोखरी आकारको देखिने यो टेलिस्कोपलाई चीनले ‘फास्ट’ नामाकरण गरेको छ । चीनले प्रारम्भिक अवलोकन गरिसकेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा ल्याएको छ। उक्त टेलिस्कोपले १००० प्रकाश वर्षभन्दा टाढा रहेको एउटा ताराबाट जानकारी प्राप्त गरेको छ । सो टेलिस्कोपले ब्रह्माण्डलाई बुझ्न र पृथ्वी बाहिर जीवन खोज्न वैज्ञानिकहरुलाई मद्दत गर्ने बताइएको छ । सयौँ खगोलशास्त्री र जानकारहरु विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोपको आधिकारिक उद्घाटनमा उपस्थित थिए ।

विशाल टेलिस्कोपको डिश दिक्षिण-पश्चिमी चीनको ग्वेजो प्रान्तका थुप्रै पहाडहरुका बीचमा राखिएको छ।उक्त उपकरण राख्न ठाउँ बनाउनका निम्ति ८००० मानिसहरुलाई अन्यत्र सारिएको थियो। यो टेलिस्कोपले अन्तरिक्षबाट पहिलो संकेत समेत प्राप्त गरिसकेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका निम्ति उक्त टेलिस्कोपका उपकरणहरुको परीक्षणमा तीन वर्ष लाग्नेछ। ५०० मिटर ब्यास भएको सो टेलिस्कोपको डिश हजारौँ त्रिकोणात्मक प्यानलहरु मिलेर बनेको छ जसले अमेरिकाको पुवेर्टो रिकोस्थित ३५० मिटर ब्यास भएको टेलिस्कोपको कीर्तिमान तोडेको छ। विश्वमा विज्ञानको पावरहाउस बन्ने प्रयासमा चीन कति अगाडि बढिसकेको छ भन्ने प्रमाण यसले पुष्ठी गर्छ ।

स्रोत :  वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, किर्तिपुर, काठमाडौँ, नेपाल

प्रतिक्रिया दिनुहोस्