Logo

यसरी तनावमुक्त जीवन जिउनुहोस्!



Spread the love

एजेन्सी। आजभोलिको भागदौड जीवनशैलीका कारण विभिन्न प्रकारका रोगहरुले सजिल्यै मानिसको शरीरमा प्रवेश पाएको छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने जस्ता रोगहरु लाग्नु सामान्य नै जस्तो भइसक्यो ।

मानिस पैसामुखी, सफलतामुखी बन्न थाल्दछन् तब उनीहरुको दैनिक जीवनयापन तनावपूर्ण हुन थाल्छ । तनाबपूर्ण जिन्दगी जिउनु भनेको विभिन्न प्रकारको रोगहरुलाई सजिलै आमन्त्रण गर्नु सरह हो ।

व्यक्तिगतदेखि कामको तनावदेखि जुन क्षेत्रमा मानिसहरु बढी लागि परेका हुन्छन् त्यहाँको तनावले मानिसहरुलाई आफ्नो ख्याल राख्ने समय नै निकाल्न सक्दैनन् । जसले अनेक प्रकारका रोगहरुले सजिल्यै शरीरमा ‘इन्ट्रि’ गर्छ ।

बिशेसत: अत्यधिक रिस उठ्नु पनि तनावकै कारण हुनसक्छ । जसले मानिसको स्वास्थ्यमा मात्र होइन व्यक्तिगत जीवनमा पनि थुप्रै असर पार्छ । यसरी अत्याधिक तनाबपूर्ण जीवनबाट छुटकारा पाउन सकिन्छ:
-ध्यान गर्ने
ध्यान गर्दा दिमागमा हुने सबै नकारात्मक र तनावपूर्ण विचारहरु हराउँन थाल्छन् । जब तपाईं तनाव महसुस गर्नुहुन्छ तब गहिरो सास लिनुहोस् र श्वासप्रश्वास गरेको समयमा केवल आफ्नो सासमा मात्रै ध्यान दिनुहोस् ।
-बिहान छिटो उठ्नुस्
बिहान सबेरै उठ्नु निकै फाइदाजनक हुन्छ । सधैं एकै समयमा उठ्नुहोस् र एकै समयमा सुत्नुहोस् ।
-दिनचर्या
सधैँ एकैप्रकारको दिनचर्या बनाउनुभयो भने तपाईंलाई आराम गर्ने समय पनि प्राप्त हुन्छ ।
-ध्यान केन्द्रित गर्नुस्
सधैँ आफ्नो काममा पूरा ध्यान केन्द्रित गर्नाले काम सजिल्यै सफल हुन्छ । जसको कारण तपाईंको तनाव कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्