Logo

डोजरको ठक्करबाट एक बृद्धले गुमाए ज्यान



Spread the love

२ माघ, दाङ। दाङमा डोजरको ठक्करबाट एक जनाले ज्यान गुमाएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिकामा वडानम्वर–१ हारिचारमा डोजरको ठक्करबाट ६६ वर्षिय लालबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बुधबार राति सल्यानबाट हारिचार हुँदै शान्तिनगरतर्फ आउँदै गरेको रा१क ३१५ नम्वरको डोजरको ठक्कर दिँदा थापाको घटना स्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्