Logo

सरकार, स्वदेशमै काम गरेर खान दे!(फोटो फिचर सहित)



Spread the love

२४ भदौ , काठमाडौं ।

आज राजधानीमा “राष्ट्रवादी केन्द्र नेपाल“को आयोजनमा हजारौ युवाहरुको सहभागितामा र्याली निकालिएको छ। सरकारलाई देश बिकासमा युवाको भूमिका महत्तोपूर्ण रहेको र यसको व्यवस्थापनमा सरकारले ध्यान नदिएको केन्द्रको गुनासो थियो। युवा वर्गलाई विदेशिन राेकेर स्वदेशमै रोजगारीको व्यवस्था गरिनुपर्ने उनिहरुले बताए।
“सरकार, स्वदेशमै काम गरेर खान दे ”, “युवा बेच्न बन्द गर्”, “योग्यता, दक्षता अनुरुपको रोजगारी स्वदेश मै दे”, “माटो सुहाउदो शिक्षा प्रणाली लागु गर्” लागयतका नारा सहभागीहरुले लगायका थिए।
र यो अभियान पुर्ण रुपमा स्वतन्त्र अभियान रहेको पनि आयोजकले सल्लेरी खबरलाई जानकरी दिए।

तस्बिर:शंकर भुजेल

प्रतिक्रिया दिनुहोस्