Logo

रुसी राष्ट्रपतिद्धारा नयाँ प्रधानमन्त्री नियुक्त



Spread the love

२ माघ, मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा उनले नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन् । उनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले बुधबार जनाएको छ ।

“भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ,” क्रेमलिनद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्