Logo

मिशुस्तिनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव संसदबाट पारित



Spread the love
Info about RUSSIA

२ माघ, रूस – रूसी संसदको तल्लो सभा डुमाले राष्ट्रपति पुटिनद्वारा प्रस्तावित मिखाइल मिशुस्तिनलाई प्रधानमन्त्रीका रूपमा बिहीबार अनुमोदन गरेको छ । मिशुस्तिनलाई बिहीबार नै नयाँ प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो ।

पुटिनले संसद्को भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत सङ्ग्रहको प्रस्ताव गरेका छन् । यसै परिवर्तनको सन्दर्भमा राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि लामो समय सहयोगी रहँदै आएका निवर्तमान प्रधानमन्त्री दिमित्री मेदभेदेवले बुधबार राजीनामा दिएका थिए । उनले राष्ट्रपतिले संविधानमा नयाँ सुधारको प्रस्ताव ल्याएको र यसमा आफूले सघाउनुपर्ने नैतिक दायित्व रहेको बताएका छन् ।

सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको उल्लेख थियो तर मेदभेदेवलाई अर्को व्यवस्था नहँुदासम्म प्रधानमन्त्रीका रूपमा काम गरिरहन आग्रह गरेका थिए । राष्ट्रपति पुटिनले नयाँ प्रस्तावमा सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि सिर्जना गर्नुभएको छ र यसको नेतृत्व मेदभेदेवलाई गर्न आग्रह गरिएको छ ।

वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा आफूले पदबाट राजीनामा गरेको र राष्ट्रपतिलाई आवश्यक कदम चाल्न मार्ग प्रशस्त गरेको निवर्तमान प्रधानमन्त्री मेदभेदेभले बताएका छन् ।

राष्ट्रपति पुटिनले एक विज्ञप्तिमार्फत् निवर्तमान प्रधानमन्त्री मेद्भेदेवलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्हालेको भन्दै उनको प्रशंसा गरेका थिए । उनले भने, “मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपार्इँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी छु ।”

एक हप्ता पहिले पुटिनले संसद्को भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत सङ्ग्रहको प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्