Logo

सोशल साइटमा झुन्डिनुको साटो एक छिन आफ्ना बच्चासँग क्वालिटी टाइम स्पेंड गर्ने हो कि ?



Spread the love

एजेन्सी । बालबच्चाका लागि तपाईंले अभिभावक मात्र बनेर पुग्दैन । बच्चाका लागि साथी पनि बन्नुपर्छ । बालबच्चाले यस्तो महसुष गरोस् कि, उनीहरुलाई साथीको अभाव छैन ।

किनकि बच्चाले आफ्ना आमाबुवाबाट अभिभावकत्व मात्र आश गर्दैनन् । मित्रवत् व्यवहार पनि खोज्ने गर्छन् । जबकी बच्चाहरुले प्रत्येक अभिभावकबाट चाहने भनेकै माया, प्रेमका साथै ‘क्वालिटी टाइम’ हो । यसरी तपाई आफ्ना बच्चासंग क्वालिटी टाइम स्पेंड गर्नुहोस्:
मोबाइल फोन प्रयोग नगर्ने
बच्चाहरु आमाबाबु मोबाइलमा झुण्डेको पटक्कै मन पर्दैन । त्यसैले उनीहरुसित बस्दा मोबाइल फोनको प्रयोग कहिल्यै गर्नु हुँदैन । यदि गर्नै परेमा अत्यावश्यक परेमा मात्र गर्नुपर्छ ।
किनमेल कम गर्ने
किनमेल गर्ने भन्दैमा बच्चालाई भन्दा सपिङ्गलाई प्राथमिकता दिनु चाहीँ पक्कै राम्रो होइन । त्यो नहोस् भन्नका लागि किनमेलको समय कटौती गरेर पनि बच्चासित धेरै भन्दा धेरै समय व्यतित गर्न सकिन्छ ।
घरमा दिने समय बच्चालाई दिने
घरमा सहयोगी राखेर पनि घरको कामलाई सजिलैसित पूरा गर्न सकिन्छ । त्यसबाहेक, श्रीमान लगायत घरका अन्य सदस्यले आपसमा काम बाटेर पनि बच्चासित धेरै समय विताउन सक्दछन् ।
सोशल साइट नचलाउने
फेसबुक, इन्ट्राग्राम, टुइटर लगायतका सामाजिक सञ्जाल आजकल आम बन्दै गएको छ । जबकी फेसबुक, टुइटर , लगायतको प्रयोग कम गरेर पनि बच्चाहरुसित धेरै भन्दा धेरै समय विताउन सकिन्छ ।
बच्चासित मिलेर काम गर्ने
विरुवामा पानी हाल्ने, घरको सरसफाई गर्ने लगायतका ससाना काममा उनीहरु बच्चाको मद्दत लिन सक्छन् । बच्चाहरुले त्यस्ता काम चाडै सिक्ने गर्छन्, अर्को बच्चाहरुसित धेरै भन्दा धेरै समय विताउन सकिन्छ ।
अफिस पछिको समय बच्चालाई दिने 
अफिसको काम सकिएपछि बच्चाहरुसित तपाई क्वालिटी समय व्यतित गर्न सक्नुहुने छ । प्रत्येक साता छुट्टीको दिन बच्चाहरुसित घुम्न गएर वा पिकनिकमा गएर पनि उनीहरुसित क्वालिटी समय व्यतित गर्न सकिन्छ । यसले आमाबुवा र बच्चाबीचको सम्बन्ध मजबुत हुने गर्छ । त्यस्तै, बच्चाहरुको सोख बुझेर उनीहरुसित क्वालिटी समय व्यतित गर्न सकिन्छ । तपाईको यस्तो क्रियाकलापले बच्चाहरुलाई खुशी प्रदान हुनुका साथै उनीहरुसितको तपाईको सम्बन्ध माया र प्रेमले भरिएको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्