Logo

भारतीय सेनाध्यक्ष प्रमुख अतिथिको रुपमा नेपाल आउँदै



Spread the love

भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।

यही भदौ ३० गते रावत नेपाल आउन लागेका  खबर  आजको नेपाल समाचारपत्रमा  छापिएको छ ।

 

नेपाल र भारतीय सेनाको संयुक्त सैनिक अभ्यास भइरहेको र सोही संयुक्त सैन्य अभ्यासको समापनमा उनी प्रमुख अतिथिको रुपमा भाग लिन नेपाल आउन लागेका हुन् ।

रुपन्देहीको सालझन्डीमा सञ्चालित उक्त सैन्य अभ्यासमा भारतीय सेनाका तीन सय अधिकृत तथा जवानले संयुक्त रुपमा सैन्य अभ्यास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्