Logo

“कर्मचारी व्यवस्थापन गर्न सक्दैनौ”- काठमाडौं महानगरपालिका



Spread the love

उपत्यकाका दुई महानगरपालिका र  एक नगरपालिकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न नसक्ने भन्दै मन्त्रालयलाई पत्र पठाएका छन् भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

 

काठमाडौं र ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले यही अवस्थामा कार्यालय कोठा, फर्निचर, सवारीसाधन, उपकरण र कार्यालय व्यवस्थापन गर्ने स्रोत साधन नभएको कारण स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसकिने जनाउँदै मन्त्रालयमा पत्र पठाएका छन् ।

काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतले आफ्नो मातहतमा काठमाडौ जिल्ला शिक्षा कार्यालय आइसकेको अवस्थामा कममा खटिई आएका शिक्षाका उपसचिव जिशिकामै बसेर कार्यालय सञ्चालन गर्नुपर्ने आशयको पत्र मन्त्रालयमा पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्