Logo

आज मिति २०७६ साल माघ ४ गते शनिबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल माघ ४ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – कला क्षेत्रमा सफलताको योग छ। महिलाहरूका लागि सौन्दर्य क्षेत्रमा सफलता हासिल होला।आएको काम पुरा भई धनार्जन हुनेछ।

वृष राशी – आर्थिक उन्नति हुने छ। नेतृत्व गर्ने र आफूलाई प्रमाणित गर्ने अवसर प्राप्त हुने छ। सफलता पनि हात लाग्ने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

मिथुन राशी – सिर्जनशील क्षेत्रमा मन जाने छ। र व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ। मन प्रशन्न रहला।

कर्कट राशी – धनसम्पति जोड्ने योग छ। आफन्तबाट सहयोग हासिल हुने छ।महत्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योगछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह राशी – पैसा कमाउने अवसर प्राप्त होला। मित्रजनसँग भेट हुने छ। उल्लासमय दिन रहने छ।साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम विग्रिनेछ।

कन्या राशी – पैसा खर्च सोचेर मात्रै गर्नु होला। स्वास्थ्य समस्या अन्त्य हुने छ। मित्रहरूसँग भेट हो। जागिरमा बढुवाको योग छ। आम्दानी बढ्ने छ। आफन्तबाट सहयोग पाइने छ।

तुला राशी –  कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ।

वृश्चिक राशी – आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ। यात्राको योग छ। परिवारसँग भेटघाट होला। दिन रमाइलो गरी बित्ने छ।

धनु राशी – खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला।

मकर राशी – दिन उल्लासमय हुने छ। काममा मन जाने छ। अध्ययनको क्षेत्रमा सफलता हासिल होला। नयाँ कार्य प्रारम्भ होला। धनसम्पति हात पर्ने छ। वैदेशिक यात्रा योग पनि छ।

कुम्भ राशी – अध्ययन अध्यापकको क्षेत्रमा सफलता हासिल हुने छ। धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ।

मीन राशी – धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ। हडबडी गर्दा काम बीचमा काम रोकिन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला।

प्रतिक्रिया दिनुहोस्