Logo

बारमा काङ्ग्रेस एमालेलाई पराजित गर्दै माओवादी प्यानल विजयी



Spread the love

ललितपुर बार एसोसिएसनमा नेकपा (माओवादी केन्द्र) समर्थित गणतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

नेपाली काङ्ग्रेस र नेकपा एमाले समर्थित संयुक्त प्यानललाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) समर्थित गणतान्त्रिक समूहका दिपक कुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचित टिम

तेसैगरि उपाध्यक्षमा दयाभक्त डंगोल, सचिवमा ज्ञानेन्द्र नेपाल, कोषाध्यक्षमा रूप बहादुर साह, सह-सचिवमा अनिता महर्जन, महिला सदस्यमा सरिता गौतम र नानीछोरी महर्जन विजयी भएका छन् ।

संगम महर्जन, ढुण्डीराज देवकोटा, भविश्वर पौडेल, छोनाम मोक्तान, आवास बहादुर प्रधान, चन्द्र प्रसाद गुरागाई, चिरञ्जीवी ढकाल र कान्तिराम ढुंगाना सदस्यमा निर्वाचित भएका छन् ।

सरिता श्रेष्ठको नेतृत्वमा काङ्ग्रेस एमालेको संयुक्त प्यानल बनेको थियो तर सबै पराजित भएका छन् ।

बार एसोसिएसन कानुन ब्यवसायीहरुको पेशागत संगठन हो जसको प्रत्येक दुई वर्षमा चुनाव हुने गर्छ ।

ललितपुर बार एसोसिएसनमा पहिले देखि नै माओवादीले जित्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्