Logo

सुपरस्टार प्रभास चलचित्रको छायांकनमा व्यस्त



Spread the love

एजेन्सी । सुपरस्टार प्रभासले नयाँ चलचित्रमा छायांकन सुरु गरेका छन् । प्रभासले शुक्रबार फेसबुकमा फोटो हाली नयाँ चलचित्रको छायांकन सुरु गरेको बताएका छन् ।

चलचित्रलाई राधा कृष्णा कुमारले निर्देशन गर्दै छन् । सन् २०१८ को नोभेम्बरमा चलचित्रको काम गर्ने भनेपनि प्रभास अभिनित चलचित्र साहोको कारणले गर्दा छायांकन रोकिएको थियो ।

प्रभासले आफू नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा उत्साहित रहेको बताएका छन् । केही महिना अगि निर्देशक राधा कृष्णले प्रेमकथामा चलचित्र बन्ने कुरा राखेका थिए ।

४० वर्षीय प्रभासले सन् २००२ मा ईश्वर नामक चलचित्रबाट डेब्यू गरेका थिए । उनको पछिल्लो चलचित्र साहो हो । बाहुबली चलचित्रबाट उनको ख्याति चुलिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्