Logo

दीपकराज गिरीद्धारा आस्था राउतलाई माफी माग्न आग्रह



Spread the love

काठमाडौं । कलाकार दीपकराज गिरीले गायिका तथा भोइस अफ नेपालकी जज आस्था राउतलाई त्रिभुवन विमानस्थलमा भएको घटनालाई लिएर माफी माग्न आग्रह गरेका छन् ।
आफ्नो फेसबुक पेजबाट स्टाटस लेख्दै कलाकार गिरीले राउतलाई माफी माग्न आग्रह गरेका हुन् ।

यो विषयमा लेख्न मन नभएको तर तिमीले निरन्तर गाली खाएको देखेर लेख्न मन लागेको र आफूले विगतमा यस्ता खालका विभिन्न घटनाहरुबाट गुज्रेको बताउँदै उनले माफी माग्न बताएका छन् ।

दीपकराज गिरीको फेसबुकको स्टाटस यस्तो रहेको छ:

प्रिय आस्था बहिनी…
यो बिषयमा लेख्न मन थिएन तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो ।
म पनि बिगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु । यस्तै प्रकारका घटनाहरूबाट पाठ पनि सिकेको छु ।

चेकजाँच गर्ने संवेदनशील ठाउँमा प्रहरीहरुलाई प्रेसर हुन्छ । उनीहरुबाट रुखो आवाज आएहोला । संवेदनशील ठाउँमा हामी सतर्क हुनुपर्दछ ।
तिमीलाई पनि रुखो व्यवहार गरियो होला । तर तिमीले फेसबुक लाइभमा प्रयोग भएका शब्दहरुले समस्या उत्पन्न गर्यो । तिमीले केही नभइ तिमीले त्यत्तिकै केही भनिनौ होला । बाहिरबाट हेर्दा तिमी नै दोषी देखियौ । अब यस घटनाबाट पाठ सिक्नुपर्दछ । सेलिब्रेटी कल्चर हाम्रो देशमा छैन । तिमी माफी माग ।

प्रतिक्रिया दिनुहोस्