Logo

माघ ५ गते आइतबार, आजको राशीफल यस्तो छ हेर्नुहोस्



Spread the love

आज मिति २०७६ साल माघ ५ गते आइतबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – लगानी तथा व्यापार–व्यवसाय थाल्ने योग छ।आर्थिक उन्नति हुने छ। नेतृत्व गर्ने र आफूलाई प्रमाणित गर्ने अवसर प्राप्त हुने छ। सफलता पनि हात लाग्ने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

वृष राशी – यात्रा सफल हुने छ। मन प्रसन्न रहला। शुभकार्यको थालनी होला।धन आर्जन हुनसक्छ। तर परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ। काम सफल भएपनि दिनभर व्यस्तता रहने छ।

मिथुन राशी – पैसा खर्च सोचेर मात्रै गर्नु होला। स्वास्थ्य समस्या अन्त्य हुने छ। मित्रहरूसँग भेट हो। जागिरमा बढुवाको योग छ। आम्दानी बढ्ने छ। आफन्तबाट सहयोग पाइने छ।प्रेममा वियोग हुने योग छ।

कर्कट राशी – दिन सोचेजस्तो राम्रो हुने छैन। आफ्नै प्रेमी वा प्रेमिकाका कारण मानप्रतिष्ठामा आँच आउने छ, विवाद बढ्ने छ।समय मध्यम छ। अरूको सेवामा मन जाने छ। रोकिएका काम पूरा हुने छन्।

सिंह राशी – स्वास्थ्यमा गडबढी आउने छ। प्रेममा धोका मिल्ने योग छ। सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् ।

कन्या राशी – परिवारमा मेलमिलाप हुने छ। भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। कार्य्सिद्धिको योग छ। दिन राम्रो छ।

तुला राशी – साथीले घात गर्ने छन्।स्वास्थ्यमा सुधार आउने छ। दिन अनावश्यक झमेलामा बित्ने छ। दिन खराब छ। प्रेमीबाटै धोका पाइने छ।आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ।

वृश्चिक राशी – दिन रमाइलोसँग बित्ने छ। यात्राको योग छ। परिवारसँग भेटघाट होला। दिन रमाइलो गरी बित्ने छ।पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्रो हुनेछ।

धनु राशी – झै–झगडाको योग छ। माया प्रेमको विषयबाट टाढा रहनुहोला। दिन राम्रो छैन।मन पराएको वा विश्वास गरेकै मानिसबाट धोका पाउने योग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।

मकर राशी –  दिन राम्रो छ। हडबडी गर्दा काम बीचमा काम रोकिन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला।दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ। धर्मको गरेपनि अपजस मिल्ने छ।

कुम्भ राशी – धन खर्च भएपनि मन प्रफुल्ल रहने छ।मध्यान्हपछि केही राम्रो छ। तर दिन सधैँजस्तो छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ।बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ।

मीन राशी – दिन अत्यन्तै राम्रो छ। धनसम्पति हात पर्ने छ। वैदेशिक यात्रा योग पनि छ। अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ।  नयाँ कार्य प्रारम्भ होला।

प्रतिक्रिया दिनुहोस्