Logo

‘ए’ डिभिजन लिग: एनआरटी र एपीएफ भिड्दा, सरस्वतीले फ्रेण्ड्सको सामना गर्दै



Spread the love

५ माघ, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ। आजको पहिलो खेलमा न्यूरोड टीम (एनआरटी) र विभागीय टोली एपीएफ आमने सामने हुँदैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ।

छ खेल खेलेर ३ जित २ हार १ बराबरी खेलेको एनआरटीको ८ अंक छ। ६ खेल खेलेको एपिएफले १ जित २ बराबरी र ३ हार ब्यहोर्दै ५ अंक जोडेको छ।

आजै हुने दोस्रो खेलमा सरस्वती युथ क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ। खेल ३ बजे सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ।

लगातार हारको सामना गरिरहेको सरस्वती युथ क्लब आज पहिलो जित निकाल्ने रणनीतिका साथ मैदान उत्रनेछ । दुवै टिमको लक्ष्य रेलिगेसन जोनबाट माथि उठने रहेको छ।

प्रतिक्रिया दिनुहोस्