Logo

गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति



Spread the love

माघ, काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीेले गायिक राउतविरुद्ध पक्राउ पूर्जी जारी भएसंगै अब थप प्रक्रिया अघि बढ्ने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध महानगरीय प्रहरी कार्यालय र प्रशासन कार्यालयमा उजुरी दिएका थिइन ।

गत बुधबार काठमाडौंबाट भद्रपुर जान लागेकी राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीसंग भएको भनाभनलाई लिएर प्रहरी संगठन र सुरक्षाकर्मीलाई गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्